Bisal Chautari Logo

चाणक्य नीति अनुसार, पुरुषले गोप्य राख्नुपर्ने यी ४ कुरा

- २७ पुष २०७४, बिहीबार ११:१८ मा प्रकाशित


According to Chanakya Policy, these four things should be kept secret
एजेन्सी
काठमाडौँ ,२०७४ पुस २७ बिहिबार । चाणक्यकाअनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुरा
                                                                                                                           फाइल फोटो

१. चाणक्य भन्छन–धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरुको उसको सम्मान गर्न छाड्छन । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँदछन् ।
२. आचार्य चाणक्यकाअनुसार यदिमा मनका केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नु हुँदैंन । किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुन सक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।
३. पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनु हुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।
४. भनिन्छ–ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रुपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । आचार्य चाणक्यको भनाइ छ–जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनु हुँदैंन ।

प्रतिक्रिया