Bisal Chautari Logo

माओवादीका सबै मन्त्रीहरुले आजै राजीनामा दिने

- २७ पुष २०७४, बिहीबार १०:४४ मा प्रकाशित


All the ministers of the Maoist will resign today
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २७ बिहिबार । नेकपा माओवादी केन्द्रबाट विनाविभागीय रुपमा सरकारमा रहेका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् ।
नाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले बताए ।नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा सम्भवत आजै साँझ राजीनामा बुझाउने तयारी भएको उनले जानकारी दिए ।
मागत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्व निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया