Bisal Chautari Logo

रियल जोडी उमेश र कविताको प्रेमकथा ‘बोबी’ नर्वेमा प्रिमियर हुने

- २५ पुष २०७४, मंगलवार १३:४४ मा प्रकाशित


BOBBY Movie premiere Kabita Gurung and Umesh Thapa
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २५ मंगलबार । रियल जोडी उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा आधारित सिनेमा ‘बोबी’को नर्वे प्रिमियर हुने भएको छ । मिलन चाम्स निर्देशित सिनेमा नर्वेको त्यो मल्टीप्लेक्समा प्रिमियर हुनेछ, जहाँ हलिउडका मिसन इम्पोसिबल, जेम्स बोन्डका सिनेमा प्रिमियर भैसकेका छन् ।
‘बोबी’लाई नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनिले देखाउने छ । मे १० मा प्रिमियर सम्पन हुने सिनेमामा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।
नर्वेमै बस्ने इन्जीनियर उमेश र होटल म्यानेजर कविताको प्रेमकथामा तयार गरिएको सिनेमाको स्क्रिप्ट संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया