Bisal Chautari Logo

१४ औं अनशन शुरु गरेको डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

- २४ पुष २०७४, सोमबार १३:०७ मा प्रकाशित


Supreme Court order to arrest Govind KC
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २४ सोमबार । १४ औं अनशन शुरु गरेको डाक्टर गोविन्द केसीलाई अदालतले पूर्जी पक्राउ गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा। केसीलाई भोलि विहान ९ बजे उपस्थित आदेश दिएको हो ।
डा। केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको भन्दै आदेशमा भनिएको छ, अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो रु निजलाई पक्राउ गरी २०७४र९र२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।’
डा। केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।

प्रतिक्रिया