Bisal Chautari Logo

बलिउड अभिनेता श्रीवल्लभ ब्यासकोे मृत्यु

- २४ पुष २०७४, सोमबार ११:०५ मा प्रकाशित


Death of Bollywood actor Shrivallab Basa
विशाल चौतारी समाचार
नयाँ दिल्ली,२०७४ पुस २४ सोमबार । बलिउड अभिनेता श्रीवल्लभ ब्यासको ६० बर्षका उमेरमा मृत्यु भएको छ । प्यारालाइसिस र उच्चरक्तचापको समस्या झेल्दै आएका ब्यास उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।
                                                                                                                         फाइल फोटो

उनले सुपरहिट चलचित्र ‘लगान’मा इश्वर काकाको भुमिका समेत निर्बाह गरेका थिए । आर्थिक समस्यका कारण राम्रो उपचार गर्न नपाएका ब्यास पत्नी शोभा र छोरिहरुका साथ पछिल्लो समय जयपुरमा बस्दै आएका थिए ।
१९९१ मा चलचित्र अभिनयमा भित्रिएका श्रीवल्लभले ‘सरदार’, शाहरुख खानका साथ ‘माया मेन साप’, ‘वेलकम टु सज्जनपुर’, ‘सरफरोश’, ‘लगान’, ‘बन्टी और बबली’, ‘चाँदनी बार’ र ‘विरुद्ध’ लगायत ६० भन्दा बढी चलचित्रमा अभिनय गर्नुको साथै ‘आहट‘, ‘सीआईडि’ जस्ता सिरियलमा पनि महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए ।

प्रतिक्रिया