Bisal Chautari Logo

यीनै हुन सलमानलाई अदालतमै ज्यान मार्ने धम्की दिने खतरनाक डन

- २४ पुष २०७४, सोमबार १०:१९ मा प्रकाशित


Dangerous Dun, who threatens to kill Salman as a murderer
विशाल चौतारी समाचार
राजस्थान,२०७४ पुस २४ सोमबार । पंजाब राजस्थान र हरियाणा क्षेत्रमा चर्चित डन लरेन्स विश्नोइले बलिउड स्टार सलमान खानलाई मारिदिने धम्की दिएका छन् । लरेन्सले जेल जाँदै गर्दा अहिले आफूले केही नगरेको र अब सलमानलाई जोधपुर अदालत परीसरमै मार्ने धम्की दिएका हुन् ।
राजस्थानको जोधपुर अदालतबाट जेल जाँदै गर्दा एक मिडियाकर्मीले उनको अगाडि माइक राखिदिएपछि उनले भने ‘अहिले मैले केही गरेको छैन, अब गरेपछि थाहा हुन्छ । सलमानलाई मार्छु, यहीँ मार्छु त्यसपछि थाहा हुन्छ ।’लरेन्स विश्नोइले हरीण मारेको आरोप लागेका सलमानलाई अझै सम्म केही गर्न नसक्नु पुलिसको लाचारी भन्दै सलमानलाई मार्ने धम्की दिएका हुन् ।

प्रतिक्रिया