Bisal Chautari Logo

बलात्कारपछि हत्या गरेर फरार भएका नेपालीलाई १७ बर्षपछि अमेरिकी प्रहरीले समात्यो

- २४ पुष २०७४, सोमबार ०९:०८ मा प्रकाशित


17 years later, American police arrested Nepali who was murdered after rape
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २४ सोमबार । नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना पक्राउ गरेको छ । नेपाली अमेरिकी प्रहरीले अमेरिकाबाट ४० बर्षीय लीलाराम गौतमलाई पक्राउ गरेको हो ।

स्थाई घर झापा चन्द्रगढी ३ भएका गौतमले १७ वर्ष अगाडि झापा चन्द्रगढीकी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेर फरार भएका थिए। गौतम चौधरीको हत्यापछि भागेर भारतहुँदै अमेरिका पुगेका थिए ।
२०५७ साल असोज २८ गते भएको हत्यामा जिल्ला अदालत झापाले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।गौतमलाई इन्टरपोलमार्फत नेपाल झिकाउने तयारी भइरहेको नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया