Bisal Chautari Logo

रौतहटमा कठाङ्ग्रिएर दुर्इको मृत्यु

- २३ पुष २०७४, आईतवार १२:४५ मा प्रकाशित


Dying of death in Rautahat
विशाल चौतारी समाचार
रौतहट ,२०७४ पुस २३ आइतबार । जाडोले कठाङ्ग्रिएर शनिवार राति रौतहटमा थप दुईजनाको मृत्यु भएको छ । पछिल्लो समय शीतलहरसँगै बढेको र कठ्याङग्रीएर मर्नेको सङ्ख्या बढिरहेको छ । शनिवार र्मत्यु हुनेमा रौतहटको परोहा नगरपालिका २ जिगडवाका ४५ वर्षीय शेख समिम र वडा नम्वर ९ रामपुरखापका ६५ वर्षीय मरठिया देवी कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
शेख समिम र मरठिया दुवै आआफ्ना घरमा खाना खाएर सुतेको र विहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । दुवै जनाको शव परीक्षण गर्दा जाडोले कठाङ्ग्रिएर मृत्यु भएको प्रतिवेदन प्रहरीलाई प्राप्त भएको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।
गत शुक्रबार राति रौतहट राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलिको इँटा उद्योगमै कठाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसै गरी गत साता गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजामको अत्यधिक जाडोका कारण मृत्यु भएको थियो ।
शीलतहर बढेर जनजीवन प्रभावित भएपछि रौतहटका सामुदायिक विद्यालयमा दिइएको विदामा थप चार दिन थप गरी आउदो २६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गरिएको छ । रौतहटमा आइतवार तापक्रम ५ डिग्रीमा झरेको छ ।

प्रतिक्रिया