Bisal Chautari Logo

यी युवती प्रत्येक रात आफ्नो सर्पसँगै सुत्थिन तर‘ एकदिन डाक्टरले बतायो यस्तो भयानक सत्य

- २३ पुष २०७४, आईतवार ११:५७ मा प्रकाशित


This girl was not sleeping with her snake every night
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २३ आइतबार । हामीले पालेका जनावर दिन रात आफूसँगै होस् भन्ने चाहन्छौं । यसैकारण धेरै मानिसहरुले आफ्नो पाल्तु जनावरलाई आफू सँगै सुत्न दिएका हुन्छन् । कुकुर बिरालोलाई आफूसँगै सुत्न दिइनु ठिकै हो तर कुनै जनावरहरुलाई आफूसँगै बेडमा सुताउनु घातक साबित हुनसक्छ ।
सबै जनावरहरु मानवसँग सुत्न लायक हुँदैनन्। यो कुरा एकजना महिलाले राम्रोसँग बुझेकी छिन् । ती महिलाले आफ्नो मायालु पाइथनलाई प्रत्येक रात आफू सँगै सुताउने गर्दथिन् । पाइथन उनको टाउकोदेखि खुट्टासम्मै फैलिएर सुत्ने गर्दथ्यो ।
एकदिन अचानक, उनको पाइथनले खाना खानै छोड्यो । आफ्नो मायालु पाइथनलाई के भयो भनी महिला भेटेनरी धाइन्।उपचारको क्रममा भेटेनरी डाक्टरले उनलाई सर्पको व्यवहारबारे थुप्रै प्रश्नहरु सोधिन् । महिलाले आफ्नो सर्पको अचम्मको सुत्ने तरिकाबारे जानकारी गराइन् ।
त्यतिबेलै भेटेनरी डाक्टरले उनलाई अझ थप प्रश्नहरु तेर्साइन् । बोरडम थेरापीका अनुसार विभिन्न तरिकाले परिक्षण गरेपछि भेटेनरी डाक्टरले उनलाई निकै डरलाग्दो सत्य बताइन् । उनको पाइथनले यसकारण खान छोड्यो किनभने उसले आफ्नो पेटलाई ठूलो खानाको लागि तयार पार्दै थियो ।
वास्तवमा पाइथनले उनलाई निल्ने तयारी गरिरहेको थियो । भेटेनरी डाक्टरले भनिन्, ‘तपाईंको पाइथन धेरैजसो तपाईंको शरिरमाथि चढ्छ र घस्रन्छ भने यसले वास्तवमा तपाईंको आकार मापन गरिरहेको छ । तपाईंलाई आक्रमण गर्नुपूर्व तपाईं कति ठूलो हुनुहुन्छ भनेर परिक्षण गरिरहेको छ ।
डरलाग्दो वास्तविकता थाहा पाएपछि ती महिलाले आफ्नो पाल्तु पाइथनबाट बिस्तारै बिस्तारै दुरी बढाइन् । अब उनले आफ्नो मायालु पाइथनलाई सुत्नको लागि छुट्टै स्थानको व्यवस्था मिलाएकी छिन् ।

प्रतिक्रिया