Bisal Chautari Logo

मेसीले बार्सिलोना छोड्ने सम्भावना

- २३ पुष २०७४, आईतवार १०:४३ मा प्रकाशित


The possibility of leaving Messi to Barcelona
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २३ आइतबार । विश्वै सर्वाधिक सफल फुटबल स्टार लियोनल मेसीले बार्सिलोनासँग नयाँ अनुबन्ध गरे पनि उनले क्लब छाड्न सक्ने सम्भावना भने बाँकी नै छ । उनी बार्सिलोनामा रहने वा नरहने भन्ने कुरा स्पेनको राजनीतिक घटनाक्रमले बताउनेछ । यदि क्याटलोनिया प्रान्त स्पेनबाट अलग्गियो भने बार्सिलोनामा मेसी नरहन पनि सक्छन् ।
                                                                                                                      फाइल फोटो

स्पेनी पत्रिका इल मुन्डोले जनाए अनुसार मेसीले गएको नोभेम्बरमा क्लबसँग नयाँ सम्झौता गरेका थिए । त्यस सम्झौतामा जबसम्म बार्सिलोना शीर्ष युरोपेली लिगको हिस्सा रहन्छ तबसम्म मात्रै मेसी बार्सिलोनामा बस्ने लेखिएको पत्रिकाले जनाएको छ ।
बार्सिलोनाका अधिकारीहरुले गोपनियताका कारण अनुबन्धनका शर्तहरु बारे बोल्न नमिल्ने बताएका छन् । क्याटलोनिका नागरिकले अक्टोबरमा भएको जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए । स्पेनका फुटबल अधिकारीहरुले पटक–पटक प्रष्ट पारेका छन् कि यदि क्याटलोनिया स्पेनबाट छुट्टियो भने बार्सिलोना लालिगाको हिस्सा हुने छैन ।
अखबारले जनाए अनुसार क्याटलोनिया स्पेनबाट अलग भयो र बार्सिलोनालाई फ्रान्स, इटली, जर्मनी, इंग्ल्याण्डको लिगमा ठाउँ मिलेन भने मेसीले बार्सिलोना छोड्न सक्छन् । यस्तो अवस्थामा मेसीले ७०० मिलियन युरो पनि दिनुपर्ने छैन । अखबारका अनुसार क्याटलोनियाको विषयले अन्य खेलाडीलाई पनि असर पुर्याउन सक्ने छ ।

प्रतिक्रिया