Bisal Chautari Logo

छोराले चिर्पटले हानेर बुवाको हत्या, आमा पनि गम्भीर गाइते

- २१ पुष २०७४, शुक्रबार १०:५९ मा प्रकाशित


The child was beaten by death and murdered father and mother
विशाल चौतारी समाचार
प्युठान ,२०७४ पुस २१ शुत्रबार । प्युठान सरुमारानी गाउँपालिका–५ बिरिङ्कोट जस्पुरमा छोराले बुवाको हत्या गरेका छन् । २० वर्षे मोहोनलाल खाम्चाले ५४ वर्षका बुवा रैसिङ खाम्चाको बिहीबार बेलुका दाउराको चिर्पटले हानेर हत्या गरेको हो ।
चिर्पटले हान्दा घाइते भएका रैसिङको उपचारको क्रममा बिहीबार राति बुटलवलमा ज्यान गएको हो । मोहोनलालले आमाबुवा दुवैको हत्या प्रयास गरेका थिए । आमा छोराको कुटाइबाट गम्भीर घाइते भएकी छन् ।
बिहीबार बेलुका घरायसी कुराकानी चलिरहेका बेला छोरा मोहोनलालले एक्कासी आमालाई कुटपिट गरेपति छुट्टाउन गएका रैसिङलाई मोहोनलालले चिर्पटले हानेका हुन् ।

प्रतिक्रिया