Bisal Chautari Logo

स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाँदै

- २१ पुष २०७४, शुक्रबार १०:१६ मा प्रकाशित


Going to Oli Bangkok for health tests
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २१ शुत्रबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने भएको हो ।
                                                                                                                        फाइल फोटो

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।
तर, चुनावका कारण जान नसकेका एमाले स्रोतले जनाएको छ । चुनावको बेला सर्वाधिक व्यस्त बनेका नेता ओली चुनावपछि पनि सक्रिय थिए । केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया