Bisal Chautari Logo

किम जोङले स्वीकार गर्‍यो दक्षिण कोरियाको प्रस्ताव, प्रस्ताव यस्तो छ

- २१ पुष २०७४, शुक्रबार ०९:५२ मा प्रकाशित


Kim Jong accepted South Korea’s proposal
विशाल चौतारी समाचार
सोल,२०७४ पुस २१ शुत्रबार । दक्षिण कोरियाले राखेको वार्ताको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको छ।
                                                                                                                           फाइल फोटो

दक्षिण कोरियाले हालै मात्र उत्तरसँग अन्तरसरकारी स्तरमा उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो। सो प्रस्ताव उत्तरले स्वीकार गरेको खबर पठाएको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ।
सोलमा शुक्रबार आयोजित पत्रकार सम्मेलमा उक्त मन्त्रालयका प्रवक्ता वाइता हानले दक्षिण कोरियाले पठाएको उच्चस्तरीय वार्ताको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको बताए।
सो वार्ता जनवरी ९ मा गर्नेगरी तय गरिएको छ। वार्ता दक्षिण कोरियाको नियन्त्रणमा रहेको पानामजुमस्थित शान्तिगृह ‘पिस हाउस’ मा आयोजना गरिएको छ।
सो वार्ताको प्रस्ताव करिब महिना दिनअघि नै दक्षिण कोरियाले गरेको थियो। यसअघि दक्षिण कोरियाले आयोजना गरेको गृष्मकालीन ओलम्पिक खेलमा पनि सहभागिताका लागि उत्तरले सहमति जनाएको थियो।

प्रतिक्रिया