Bisal Chautari Logo

‘मोना’ले नारीको सर्घष बोकेको छ – विश्वबन्धु कार्की

- २ बैशाख २०७१, मंगलवार ०६:५४ मा प्रकाशित


bishobandu karki – mona
ब्रकर : ‘मोना’ वियोगान्त र सफल हुन नसकेको प्रेम साथै श्रीमानको गल्तिको सजाय भोग्न वाध्य एउटी समाजको नारीको सघर्षको कथा बोकेको छ ।’
– विश्वबन्धु कार्की (उपन्यासकार)
विंसं २०५७ सालको श्रावण महिनाको समय, गाउघरका सबै किसान दाजुभाई खेतबारीको रोपाईको चटारोमा व्यस्त थिए । विद्यालयहरुको बर्षेविदा सुरु भैसकेको हुनाले केटाकेटीहरुका लागि खेल्ने, रमाईलो गर्ने र खेतीपातीमा सघाउने समय थियो । तर सिन्धुली राम्माडीका विश्वबन्धु कार्कीलाई भने त्यसमा कुनै जागर थिएन, जागर थियो तँ बन्द कोठामा बसेर उपन्यास लेखनमा । अमेरिकाको भर्जिनियामा बस्दै आएका सिभिल ईन्जिनियर कार्कीले हालै करिब १४ बर्षअघि लेखिएको उपन्यास मोनालाई प्रकाशनमा ल्याएका छन् । यसै सन्दर्भमा उपन्यासकार कार्कीसगँ सौर्य दैनिकले गरेको सक्षिप्त कुराकानी :– 
स्कुले विद्यार्थी हुदा लेखिएको उपन्यास अहिल्य आएर प्रकाशन गर्दा ढिलो भएजस्तो लागेन ?  
कक्षा १० मा पढ्दै गर्दा बर्खे बिदाको समयमा मोना उपन्यास लेखेको थिए । त्यो बेला म सगँ उपन्यास प्रकाशन गर्ने पैसा र समय थिएन । अहिल्य उपयुक्त समय छ भन्ने लाग्यो र पाठकमाझ ल्याएको छु । 
तपाईको उपन्यास ‘मोना’ ले कस्तो कथा बोकेको छ ? 
‘मोना’ वियोगान्त र सफल हुन नसकेको प्रेम साथै श्रीमानको गल्तिको सजाय भोग्न वाध्य एउटी नारीको सघर्षको कथा बोकेको छ । 
प्रतिक्रिया के–कस्तो पाईरहनु भएको छ ? 
१४ बर्ष अघि लेखिएको उपन्यास त्यतिबेलै प्रकाशन गर्न पाएकोभए सुनमा सुगन्ध हुने थियो भनेर बरिष्ठ उपन्यासकार गीता केशरीले भन्नुभएको थियो । साथै उहाँले  कुनै सम्पादन विना जस्ताको तस्तै पाठकमाझ लिएर आउनु लेखकको इमान्दारिता हो भन्नुभएको छ । वरिष्ठ निबन्धकार युबराज नयााघरेले चर्चित उपन्यास बसाइ र मुग्लानको झल्को दिने रहेछ भनेर भन्नुभएको छ । बरिष्ठ कथाकार एवं पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले, तपाईले १५ बर्षकै उमेरमा प्रेम र वियोगलाई राम्ररी चिनीसक्नु भएको रहेछ भनेर भन्नुभएको थियो । अन्य सकारात्मक प्रतिक्रियाहरु पाईरहेको छु ।   
त्यो समयमा लेखिएको उपन्यासलाई तोडमोड गर्न मन नलागेकै हो ? 
मलाई केहि थपघट गर्न मन लागेकोथ्यो, तर केहि अग्रज व्यक्तिहरुले पढिसकेपछि त्यसो गर्नुहुन्न, थपघट गरियो भने त्यो समयको यर्थाथ मर्न सक्छ भन्नुभयो र मैले त्यसलाई कतै चलाईन । 
उपन्यासकी पात्र मोना कल्पना गरिएकी हुन् या बास्तविक ? 
मोना कल्पना गरिएकी पात्र हुन् तर कथाबस्तु समाजको यथार्थ घट्ना हो । 
पढाई र काम भने ईन्यिनियरिङ अनी रुची चै साहित्यमा, सहज कसरी हुन्छ ? 
आफ्नो पेशा त छदैछ, म पेशालाई पनी सम्मान गर्छु तर साहित्य लेखनमा जति आनन्द अरुमा छ जस्तो लाग्दैन ।  
उपन्यास लेखनको  प्रेरणा ?  
बरिष्ठ साहित्कार स्वर्गिय उमानाथ शास्त्री, स्वर्गिय लिलासिंह बर्मा लगायतलाई मान्दछु । 
अपेक्षा कस्तो राख्नुभएको छ ? 
पाठकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छु ।  अझै धेरै पाठकबाट सबैखाले प्रक्रियाको अपेक्षा गरेको छु ।  
साहित्यमा अरु के के विधामा तपाई रुची राख्नुहुन्छ ? 
मैले कविताबाट साहित्ययात्रा सुरु गरेको थिए । विद्यालयमा कथा, निबन्ध, सस्मरणं लगायत पनी लेख्ने गर्थे । र उपन्यास लेखनतर्फ पनी झुकाब भयो । 
स्वदेशमा रहनेहरुले त किनेर पढ्न पाउने भए प्रवासमा हुनेहरुलाई ? 
नेपाली बजारमा मोना उपलब्ध छ । प्रवासमा हुनुहुनेहरुको लागी ईबुकको व्यवस्था गर्ने सोच बनाउदै छु ।
मोनापछिको अर्को कृती केही ल्याउने विचारमा हुनुहुन्छ की ? 
दोश्रो उपन्यास लेखनमा छु । अबको एक डेढ बर्षमा बजारमा ल्याउनेछु । 
के बिषयमा लेख्दै हुनुहुन्छ ? 
प्रवासका पिडालाई समेटेर लेख्दैछु । दोस्रो उपन्यासमा हरेक नेपालीले देश छाडेपछिको प्रवासी पिडालाई समेट्दैछु ।
अन्त्यमा केहि भन्नु छ ? 
१४ बर्ष अघि नै मोना प्रकाशन गरेको भएपनी मैले सिमित मात्रै पाठक भेट्थे होला तर अहिल्य आम विश्वभर रहेका नेपाली साहित्यप्रेमीसगँ जोडिन सकिरहेको छु । ईन्टरनेटको माध्यमबाट पनी धेरै सहज भएको छ । मेरो उपन्यास पढ्नुस् । कस्तो लाग्यो महत्वपुर्ण सुझाबको पर्खाइमा छु ।

ads 

प्रतिक्रिया