Bisal Chautari Logo

खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु

- १९ पुष २०७४, बुधबार ०९:२८ मा प्रकाशित


Suspicious death of a young man who went to breakfast
विशाल चौतारी समाचार
भक्तपुर ,२०७४ पुस १९ बुधबार । चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको बाटोमाथिको रिसोर्टमा साथसँग खाजा खान गएका एक युवकको मंगलबार साँझ शंकास्पद मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, जेंला बस्ने ३२ वर्षीय समीर भन्ने नारायणप्रसाद सैंजु रहेका छन् । साथीहरुले अचेत अवस्थामा घर पु¥याएका समीरलाई भक्तपुर च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा उपचारका लागि लगिएकोमा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
मृतककी पत्नी राधिका सैंजुका अनुसार मंगलबार साँझ ४ः३० बजे समीरलाई उनका दुईजना साथीले अचेत अवस्थामा मोटरसाइकलमा राखेर घर पु¥याएका थिए । त्यसपछि तत्कालै उपचारका लागि च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा लगिएको समीरलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए ।
जनस्वास्थ्यका चिकित्सकको निर्णय चित्त नबुझी मध्यपुर अस्पतालमा लगिएका समीरलाई त्यहाँका चिकित्सकले पनि मृत घोषणा गरेका थिए । समीरको मृत्युपछि प्रहरीले समीरका साथीमध्येका उमेश सैंजुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
स्रोतका अनुसार प्रहरीले मृतकका अर्का साथी बाबुकाजी छवाजुलाई पनि नियन्त्रणमा लिएको छ । प्रनाउ प्रसाईंले घटनाको अनुसन्धान भइरहेको बताउँदै शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया