Bisal Chautari Logo

मूल्यबृद्धिबिरुद्ध आन्दोलन गर्ने क्रममा बिद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते

- १८ पुष २०७४, मंगलवार ११:०१ मा प्रकाशित


The shock between the student and the police
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १८ मंगबार । सरकाले इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएकानेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । बिद्यार्थीहरुले सडक कब्जा गरी नाराबाजी गरिरहेको समयमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलका सचिव आरसी लामिछानेले जानकारी गराएका छन् ।
सचिव लामिछानेले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्पक्षेपको बिरोध गर्दै आन्दोलन अझै शशक्त बनाइने बताए ।
आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध चर्का नारा लगाइरहेका छन् ।सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया