Bisal Chautari Logo

हातका अौँला काटी पोलेर खाने श्रीमतीलाई छुटाउन पुगेका चन्द्रबहादुर भन्छन् – माया लाग्छ हजुर छाडीदिनु पर्‍यो

- १८ पुष २०७४, मंगलवार १०:२८ मा प्रकाशित


Chandra Bahadur says – I feel like leaving
विशाल चौतारी समाचार
तुलसीपुर ,२०७४ पुस १८ मंगबार । चन्द्रबहादुर महतारा आफ्नी श्रीमती छुटाउन प्रहरी चैकी पुगेका छन् । तुलसीपुर उपमहानगरपालिका नीबासी चन्द्रबहादुर महतारा आफ्नो हातको चार औंला पोलेर खाने श्रीमती रिसमी महतरालाई छुटाउन जेल पुगेको हो ।
गत पुस १२ गते रिसमीले रिसको झोंकमा श्रीमानका दायाँ हातका चारवटा औँला काटेर पोलेर खाएको कारण पक्राउ परेकी थिईन् । हात काटीएपछि अत्यधीक रक्तश्राव भई उपचारको लागी अस्पताल गएका चन्द्रबहादुर पाँच दिनको अस्पताल बसाई पछी घर नगई सोझै प्रहरीकोमा पुगेका थिए । उनले जे हुनु भईसकेको अव श्रीमतीलाई छोडीदिनुपर्ने प्रहरी समक्ष भने घरमा वस्तुभाउ हेर्ने, खाना पकाएर दिने र लुगा धोइदिने मान्छे कोही पनि नभएकाले श्रीमतीलाई छोडिदिनुस के गर्ने ‘माया पनि लाग्छ हजुर, यसलाई यहाँ राखेर उता कसले काम गर्छ र चन्द्रबहादुरले भने, ‘ एक पटकलाई छोड्दिनुपर्‍यो।’
कुटपिट गर्ने हात क्यार्ने हो भनेर रिसका झोँकमा काटेँ, श्रीमती रिसमीले भनिन्, ‘ काम बिगार्ने बेला बिगारियो, अब त माया गर्नु त पर्‍यो, कसले स्याहार सुसार गर्छ र रु’ घटना भएको भोलिपल्ट रिसमीले श्रीमानले मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने गरेकाले सुतेको बेला हातका औँला काटेर अँगेनामा हालेर पोलेर खाएको प्रहरीलाई बयान दिएकी थिइन्।

प्रतिक्रिया