Bisal Chautari Logo

बेलायतले फेरि पनि पत्याएन साम्राज्ञीलाई

- १७ पुष २०७४, सोमबार ११:४२ मा प्रकाशित


The British still did not believe the emperor
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १७ सोमबार । बेलायतले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाइ दोस्रो पटक पनि भिष दिन अस्वीकार गरेको छ । पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटक फेरी प्रयास गरेकी साम्राज्ञीलाई बेलायतले फेरी भिसा दिन अस्वीकार गरेको हो ।
हालै ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेर फर्किएकी शाहलाई बेलायतले के कारणले पत्याउन नसकेको हो त्यु बुझ्न सकिएको छ । इन्टु मिन्टु लन्डनमा’ चलचित्रको छायाँकनका लागि बेलायत जान भिषा आवेदन दिएकी शाहलाई बेलायतले पत्याइरहेको छैन ।
पुरै छायाँकन बेलायतमा गरिने भनिएको यो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ साम्राज्ञीको भिसाका कारणले सुरु हुन सकेको छैन । शाह केही दिन अगाडि दोस्रो पटक भिषाका लागि भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । चलचित्र छायाँकनका लागि निर्देशक रेनेसा राई र कलाकार धिरज मगर भने बेलायतमा रहेका छन् ।

प्रतिक्रिया