Bisal Chautari Logo

बलिउड सुपरस्टार सलमान खानको जीवनी यस्तो छ

- १६ पुष २०७४, आईतवार ११:११ मा प्रकाशित


This is the biography of Bollywood superstar Salman Khan
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १६ आइतबार । एजेन्सी । बलिउड सुपरस्टार सलमान खान सलीम खान सुशीला चरकको कोखबाट २७ डिसेम्बर १९६५ मा जन्म भएको थियो ।
                                                                                                                                  फाइल फोटो

उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । उनका पिता बलिउडका चर्चित स्क्रिप्ट राईटर समेत हुन् । पूर्व अभिनेत्री हेलेन उनको सौतेली आमा हुन् । उनका दुई भाई र दुई बहिनी छन् । अरबाज खान र सोहिल खान जो बलिउडका नाम चलेका कलाकार हुन् ।
अध्ययन
सलमान खानको अध्ययन सिन्धिया स्कूल, ग्वालियरबाट भएको थियोे, जहाँ उनी आफ्नो भाई अरबाज खानसँग पढ्ने गर्थे । यसपछि उनले बाँकीको अध्ययन मुम्बर्इको बान्द्रा क्षेत्रमा रहेको सेन्टस्ट्यानिसलस हाईस्कूलबाट गरेका थिए ।
करिअर
सलमान खानले आफ्नो करिअरको सुरुवात सहायक भूमिकाबाट गरेका थिए । उनको डेब्यू फिल्म ुबीवी हो तो ऐसीु थियो । ुमैंने प्यार कियाुमा उनले पहिलो पटक मुख्य भूमिकामा काम गरे, जुन फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । उनको फिल्मु हम आपके हैं कौनुले सबैको दिल जित्यो भने फिल्म तेरे नामुमा उनको अभिनयको सर्वत्र तारिफ भयो र आफ्नो अभिनयबाट उनले सबैलाई भावुक बनाए ।
यसपछि उनले कयौं फिल्ममा काम गरे तर पछिल्लो समय उनका प्रत्येक एक्सन फिल्मलाई दर्शकले खुब रुचाउँदै आएका छन् । फिल्म वान्टेडुपछि उनले लगातार बलिउडमा हिट फिल्मको झण्डा गाढेका छन् ।
सुपरहिट फिल्म
मैंने प्यार कियाु, पत्थझर के फूल, साजन, अन्दाज अपना अपना, हम आपके हैं कौन, करन अर्जुन, खामोशी, जुडवा, प्यार किया तो डरना क्या , बन्धन, बीवी नं १, हम दिल दे चुके सनम, हम साथ साथ है, दुल्हन हम ले जाएंगे, तेरे नाम, गर्व, मुझसे शादी करोगी, नो इन्ट्री, क्योंकिु, पार्टनरु, दबंग, बडीगार्डु, एक था टाइगरु, दबंग २, कि‍कु, सुल्तानु, बजरंगी भाईजानु र प्रेम रतन धन पायोुबाट सलमान इन्डष्ट्रिमा सुपरहिट भए ।
प्रायः विभिन्न नायिकासँग अफयेरको चर्चा बाहिर आएपनि सलमान अहिलेसम्म अविवाहित छन् । सन् २००४ मा यूएसएको पीपुल म्यागजीनले उनलाई दुनियाँको सातौं सबैभन्दा ह्यान्डसम पुरुष घोषित गरेको थियो ।

प्रतिक्रिया