Bisal Chautari Logo

‘सत्रु गते’ को ‘रुपै मोहनी’ रिलिज || हरिवंश, पल, दिपक, प्रियंका, दिपा र आँचलको ठुम्का (भिडियो हेर्नुहोस्)

- १४ पुष २०७४, शुक्रबार १३:४५ मा प्रकाशित


Shatru Gate movie Song Rupai Mohani Hari Bansha Acharya, Paul Shah and Priyanka Karki
विशाल चौतारी समाचार
काठमाडौ ,२०७४ पुस १४ शुत्रबार । चलचित्र ’शत्रु गते’ को पहिलो प्रचारप्रसार सामग्री अन्तगत गीत गीत सार्वजनिक गरिएको छ । केहि दिन अघि मात्र छायाँकन गरिएको गीतलाई नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ ।
यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा , दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् । नेपाली फिल्म नगरीमा हरिवंश , दीपक र पललाई तिन पुस्ताको रुपमा पनि हेर्ने गरिन्छ । मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ । डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो ।
हरिबंश आचार्य : निकै रमाइलो भयो गीत छायाँकन गर्दा । कविराजले दिनु भएको स्टेपलाई फलो गर्ने प्रयाश गरेको छु । मेरो नृत्य क्षमतालाई देखेर हुन् सक्छ मेरो नृत्य भन्दा बढी एक्सप्रेसन छ जस्तो लाग्छ । दीपाजीसंग प्राय दीपकनै देखिनु हुन्थ्यो , यसमा म जोडी बनेको छु । रमाइलो भयो युवा पुस्ताका पल र आँचलसंगै पछिल्लो समय फिल्मनै हाक्ने दीपक र दीपासंग काम गर्न पाउदा पनि ।

प्रदीप भट्टराई , निर्देशक : फिल्मको गीत एक विवाह समरोहको रमाइलोलाई लक्षित गर्दै तयार पारेका हौ । अंग्रेजी नयाँ बर्षको असवर पारेर फिल्मको पहिलो गीत सार्वजनिक गरेका छौ । यस गीतलाई हामीले केहि दिन अगाडी मात्र छायाँकन गरेका थियौ । राम्रो बनाउन सम्पूर्ण टीमले नै मेहनत गरेका छौ । महकै आशिर्वादले आज म यो स्थानमा छु र यतिबेला उहाकै फिल्मको क्याप्टेनशिप पाएको छु , यसलाई मैले अवसर र चुनौतीको रुपमा लिएको छु । आश छ , जात्रापछी दर्शकले मलाइ गर्नु भएको बिश्वास र मह सञ्चारको नामलाई टुटन दिनेछैन ।
दीपाश्री निरौला : निकै रमाइलो थियो गीत । दर्शकले युट्युबमा हेरेपछि पक्कै रुचाउनु हुनेछ । मलाइ मदन दाई , हरि दाईको फिल्मबाट अफर आयो , त्यो नै महत्वपूर्ण थियो , त्यसैले म निकै उत्साहपूर्ण किसिमले काम गर्दैछु । गीतमा हरि दाईको जोडी बनेकी छु , फिल्म निकै रमाइलो बनेको गीत झैँ । फिल्म खेल्ने मनमा कता कता थियो नै साथै प्रदीपजीको निर्देशनमा बन्ने भनीएपछी अनि मदन दाई र हरि दाईको फिल्म भनेपछि नखेल्ने कुरै भएँन ।
कविराज गहतराज , नृत्य निर्देशक : काम गर्दा निकै रमाइलो भयो । युवा पुस्ता देखि मैले पनि बाल्यकाल देखि देख्दै आएको आदरणीय कलाकारसंग काम गर्न पाए , यसैले पनि निकै खुशी छु । हरि दाई , दीपा दिदि , दीपक दाइ , प्रियंका , पल , आँचल लगायत सबैले राम्रो काम गरेका छन् । जाडोमा पनि गीत राम्रो बनाउन कहिँ कतै सम्झौता गरिएको छैन ।
पल शाह : गीत निकै रमाइलो तरिकाले तयार पारेका छौ । गीतमा हामी सबैले सन्ध्या (आँचल शर्मा) लाई फकाउने कोशिश गरिरहेका छौ । उसैको रुपको बर्णन गरेका छौ । साथै मैले महको ब्यनारमा काम गर्न पाए र स्क्रिन शेयर गर्न पाए निकै खुसि छु । एउटा इतिहास बोकेको मान्छेसंग काम गर्न पाउदा आफुलाई भाग्यमानी ठान्छु , साथै मैले एउटा सम्झन लायक फिल्म पनि बनेको छ ’शत्रु गते’ ।
आँचल शर्मा : मैले आफुले आइडल मान्ने अग्रजसंग स्क्रिन शेयर गर्न पाउदा निकै खुशी लागेको छ । गीतमा मेरो नृत्य अलि कम नै छ तर पनि तिन पुस्ता मध्य एक पुस्ताको प्रतिनिधित्व गर्न पाउदा निकै खुसि लागेको छ । गीतमा म पलजी (पल शाह) को जोडी बनेकी छु । लजाउने सव्भावलाई गीतमा देख्न सक्नु हुनेछ ।

भिडियो हेर्नुहोस् :


Cast: Madan Krishna Shrestha, Hari Bansha Acharya, Deepak Raj Giri, Deepa Shree Niroula, Priyanka Karki, Paul Shah, Aanchal Sharma, Basundhara Bhusal, Rajram Poudel,Shiva Hari Poudel, Kiran KC, Sushma Karki, Anju Maharjan,Ramesh Ranjhan Jha
Narendra Kansakar, Mohit Bamhsa Acharya, Raju Bhuju
Music: Tanka Budathoki
Lyrics: Lokraj Adhikari
Singer: Tanka Budathoki/Meena Niraula
Arrange: Tanka Budhatoki
Producers: Deepak Raj Giri,Deepa Shree Niraula,Narendra Kansakar, Shivahari Poudel,Yasodha Shrestha,Ramila Acharya
Dialouge: Hari Bamsha Acharya, Pradeep Bhattrai
Story: Hari Bamsha Acharya
ScreenPlay:Deepak Raj Giri, Pradeep Bhattrai
Director: Pradeep Bhattrai

प्रतिक्रिया