Bisal Chautari Logo

धेरै सेक्सी भएको भन्दै नायिकालाई एक वर्ष फिल्म खेल्न प्रतिवन्ध

- १४ पुष २०७४, शुक्रबार १२:१२ मा प्रकाशित


Defending the heroine for playing a movie for being a very sexy one year
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १४ शुत्रबार । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो ।
२४वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन्–‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् ।

प्रतिक्रिया