Bisal Chautari Logo

युद्ध गरेर आउनेलाई थाहा हुन्छ शान्तिको कति महत्व हुन्छ – प्रचण्ड

- १४ पुष २०७४, शुक्रबार ०९:२६ मा प्रकाशित


Knowing what comes to peace – Prachand
विशाल चौतारी समाचार
ललितपुर ,२०७४ पुस १४ शुत्रबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमुख एजेण्डा भएको बताएका छन्।
शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफुले युद्ध भोगेर आएकोले शान्तिको महत्व कति हुन्छ भन्ने थाहा भएको बताए ।
उनले भने,‘हामीले जनताका बीचमा स्थिरताको प्रतिवद्दता व्यक्त गरेका छौं, विकासको प्रतिवद्धता गरेका छौं। “कतिपयलाई लाग्ला, युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ। जसले युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाई नै शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ” प्रचण्डको तर्क थियो ।

प्रतिक्रिया