Bisal Chautari Logo

गाउँपालिका प्रमुख आफ्नै लगानीमा मोटरबाटो गाउँसम्म पुर्याए

- १३ पुष २०७४, बिहीबार १०:३९ मा प्रकाशित


The village head brought the motor vehicle to the village on its own own investment
विशाल चौतारी समाचार
म्याग्दी,२०७४ पुस १३ बिहिबार । म्याग्दीको रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा मोटरबाटो गाउँसम्म पुर्याएका छन् । फूलडाँडादेखि औल जोड्ने दुई किलोमिटर सडक सोमबार एक कार्यक्रम गरि उद्घाटन गरका हुन् ।

गाउँपालिका प्रमुख भण्डारीले आफ्नो प्रतिबद्धताअनुसार व्यक्तिगतरुपमा रु चार लाख खर्च गरेरगाउँमा मोटरबाटो पुर्याएका हुन् । उनले स्थानीय चुनाव प्रचारका क्रममा आफूले जितेमा आफ्नै लगानीमा गाउँसम्म मोटरबाटो पुर्याएउने प्रतिबद्धता गरेका थियो । गाउँमा सडक पुगेपछि ६० घरपरिवारका ४०० बढी जनता प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
गाउँमा सडक पुगेपछि स्थानीय खुशी भएका छन् । स्था सडक उद्घाटन कार्यक्रममा प्रमुख भण्डारीले जनतालाई अनावश्यक आश्वासन नदिने र दिएको प्रतिबद्धता पूरा गर्ने बताए ।

प्रतिक्रिया