Bisal Chautari Logo

श्रीमान् श्रीमती विवादले घर जलेर बासै उठ्यो

- १३ पुष २०७४, बिहीबार १०:०० मा प्रकाशित


The husband smiled the house while dispersing the fire
विशाल चौतारी समाचार
ताप्लेजुङ, २०७४ पुस १३ बिहिबार । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ ।
                                                                                                                                  फाइल फोटो

राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ ।
राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् । आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ ।

प्रतिक्रिया