Bisal Chautari Logo

कक्षा ११ मा जिपिए नराख्ने

- १२ पुष २०७४, बुधबार ११:१९ मा प्रकाशित


Do not zip in class 11
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १२ बुधबार । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज ९जिपिए० नदिने भएको छ । केही दिनपछि बस्ने बोर्ड बैठकमा कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव पेस गर्ने तयारी हुँदै छ ।
बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले एक सातामा बोर्ड बैठकबाट ग्रेडसिटको टुंगो लगाउने बताए । अध्यक्ष पौडेलले कक्षा ११ र १२ ‘सिंगल सब्जेक्ट ट्रयाक सिस्टम’मा चलेका कारण ग्रेडिङमा नतिजा निकाले पनि जिपिए नराख्ने बताए । उनले भने, ‘जिपिए नराख्ने प्रस्ताव तयार छ, यो प्रस्ताव बोर्डबाट पारित होला ।’

प्रतिक्रिया