Bisal Chautari Logo

जथाभावी फोहोर फाल्नेलाई ५ सयदेखि १ लाखसम्म जरिवाना

- १२ पुष २०७४, बुधबार ०९:३६ मा प्रकाशित


To pay for oblivious waste
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १२ बुधबार । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई समातेर कारवाही गर्न जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल प्रहरीको सहयोग मागेको छ ।
                                                                                                                         फाइल फोटो

काठमाडौं महानगरपालिका बातावरण व्यवस्थापन बिभागको अनुसार अब ड्युटीमा रहेका प्रहरीले पनि फोहोरमैला नियन्त्रणमा पनि सहयोग गर्ने र फोहोरमैला व्यवस्थापन ऐनले जथाभावी फोहोरमैला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरेको छ । अब सार्वजनिक रुपमा फोहोर फाल्दै गरेकाहरुलाई ड्युटीमा रहेका प्रहरीले पनि पक्राउ गर्ने भएको छ । फोहोरमैला व्यवस्थापन ऐनले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया