Bisal Chautari Logo

सिद्धार्थ भिसिडी सार्वजनिक गर्दै

- ३ बैशाख २०७१, बुधबार ११:१४ मा प्रकाशित


shidartha rai 
काठमाडौं, ३ बैशाख । नेपाली साङ्गीतिक क्षेत्रमा गायक गायिकाहरु विभिन्न सपना बोकेर यस क्षेत्रमा छिर्ने गरेका छन् । कुनै गायकको चर्चित कलाकार हुने या तँ कसैको धेरै रुपैया कमाउने । तर गायक सिदार्थ राई भने नेपाली संगीतलाई विश्वबजार समेत पुर्‍याउने परिर्वतनको बाटोमा हिडिरहेको बताउछन् ।
आफ्नो पहिलो एल्बम ‘लेन’को ‘मेरो माया तिमीलाई’ बोलको गीत दर्शकहरुले मनपराएपछी केही चर्चामा आएका गायक सिदार्थ राई पछिल्लो समयमा आफ्ना सार्वजनिक भइसकेका चर्चित गीतहरुको भिसिडी सार्वजनिक गर्ने सुरमा रहेका छन् । दर्शकहरुले दिएको हौसलालाई मध्यनजर गर्दै आफुले आफ्ना भिडियोहरुलाई संकलन गरी भिसिडीमा ल्याउन लागेको सिदार्थ राईले बताए । गीतकार अरुण तिवारीको शब्द तथा विक्रम थापाको संगीतमा रहेको ‘आसु मेरो सुक्ने भो’ बोलको गीत अहिले विभिन्न टिभी तथा युटुवमा दर्शकहरुको साथ पाइरहेको छ । 
हाल अष्ट्रेलियामा बस्दै आइरहेका गायक सिदार्थ राई आफ्नो पछिल्लो एल्बम ‘लेन’को म्युजिक भिडियोहरुबाट आफु निकै आसाबादि रहेको बताउछन् । अहिले सम्म २ दर्जन बढि गीतहरु रेकर्डिङ गराइसकेका गायक सिद्धार्थले यो म्युजिक भिडियो भिसिडी ५–६ महिनाको अन्तरालमा सार्वजनिक गर्ने बताए ।

add

प्रतिक्रिया