Bisal Chautari Logo

राजेश र मेलिनाको गीतमा पुष्प र वर्षाको प्रेम भाव (फोटोफिचर तथा भिडियो सहित हेर्नुहोस्)

- १२ पुष २०७४, बुधबार ००:३९ मा प्रकाशित


Rajesh K.C and Melina Rai song Nani Jyan
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ पौष ११ मंगलबार । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र पछिल्लो पुस्ताकी चर्चित गायिका मेलिना राइको स्वर समावेश पछिल्लो गीत ‘नानी ज्यान’ सार्वजनिक भएको छ । सोमबार युट्युव मार्फत गीतको भिडियो पनि रिलिज गरियो ।
सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बााधेका छन् । पुष्प अभिनित ठुलो पर्दाको ‘मंगलम’ रिलिजको क्रममा छ भने शिवाकोटी ‘भेरै’ फिल्मको सुटिङबाट केहि दिन पहिले मात्रै राजधानी फर्केकी थिइन् । फिल्म अभिनयसागै भिडियोमा पनि उत्तिकै उपस्थिती जनाउादै आएका पुष्प र वर्षा नेपाली सानो पर्दामा हिट जोडीमा गनिन्छन् ।
सञ्चारकर्मी समेत रहेका श्रीधर पौडेलको निर्देशनमा तयार भिडियोमा पुष्प र वर्षालाई प्रेम भावमा भेट्न सकिन्छ । पौडेलले पछिल्लो समय सञ्चारकर्म सागसागै भिडियो तथा विज्ञापन निर्देशनमा आफुलाई अब्बल प्रमाणित गर्दै आइरहेका छन् ।
यो भिडियोमा शब्द संगीत राजप्रताप केसीको छ भने एरेञ्ज बाबु प्रधानले गरेका छन् । ज्ञानेन्ऽ शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । एशियन म्युजिकले भिडियोको बजार व्यवस्थापनको काम गरेको छ ।

को हुन् गायक राजेश केसी ?

गायक राजेश रेडियो नेपालको वरिष्ट गायक शिव केसी र सावित्री केसीका छोरा हुन् । युवा अवस्थाको सम्झना सहित आफ्नै जीवन संगीनीलाई समर्पित गर्दै ‘नानी ज्यान’ एल्बममा समावेश हुनेगरी पछिल्लो गीत ‘नानी ज्यान’ नै नाम लिएर दर्शक श्रोतामाझ ल्याएको उनले बताए ।
तीन दर्जन बढि गीतहरुमा स्वर संगीत भरिसकेका राजेश बालापनदेखिको पारिवारिक सांगितिक माहोलबाट बाहिर जान सकेनन् । सानो उमेरदेखि नै गीत संगीतसाग जोडिए । नारायणहिटी राजदरबारमा पुर्व राजा बिरेन्ऽ परिवार रहादा दिपेन्ऽ सरकारको जन्मोत्सवमा राजपरिवारको अगाडी गायनकला प्रस्तुत गरेको अनुभव पनि राजेशसाग छ ।
पछिल्लो पटक लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका राजेशले त्यहाा रहादा नेपाली कला संस्कृति तथा नेपाली कलाकर्मीहरुको पक्षमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । बुबाकै प्रेरणामा गीत संगीत क्षेत्रसाग जोडिएका उनि देश बाहिर रहे पनि नेपाली कला संस्कृतिबाट टाढा रहन नसक्ने बताउाछन् । राजेशले शरिरमा स्वास रहुन्जेल गीत संगीत सागसागै रहने बताए ।

Nani Jyan by Rajesh K.C/Melina Rai || New Nepali Romantic Song || Official Video HD


NANI JYAN…..
Rajesh K.C /Melina Rai
Lyrics/Music -Raj Pratap K.C
Arranger – Sailendra Pradhan “Babu”
Mixing/Mastering – Prakesh K.C (Dreams Studio)
Actors – Pushpa Khadka/Barsa Siwakoti
Camera – Gyanendra Sharma
Edit – Nishan Ghimire
Supported – Express Mart
Producer -Aarshree K.C
Direction – Shreedhar Poudel
Audio On Asian Music

प्रतिक्रिया