Bisal Chautari Logo

नेइमार रियल मड्रिडमा जाने पक्का

- ११ पुष २०७४, मंगलवार १०:२१ मा प्रकाशित


Sure to go to Neima Real Madrid,
एजेन्सी ।
काठमाडौँ ,२०७४ पुस ११ मंगलबार । नेइमार रियल मड्रिडमा जाने भएका छन् । अनुबन्धको सम्झौताका लागि तयार भएको र उनी अब चाँडै नै ला लिगामा फर्किने तयारीमा रहेको स्पेनिस पत्रिकाले दाबी गरेका छन् ।
नेइमारले बार्सिलोना छाडेर विश्वकीर्तिमानी मूल्यमा पेरिस सेन्ट–जर्मेन ९पिएसजी० गएका हुन् । नेइमारका बुवा नेइमार सिनियरले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग अनुबन्धका सम्बन्धमा छलफल पनि गरिसकेका छन् । स्पेनिस पत्रिका डायरिओ गोलका अनुसार नेइमार सन् २०१९र२० सिजनमा रियल मड्रिड जाने विषयमा दुईपक्ष सहमत भएका छन् । नेइमार पिएसजीमा आफ्नै नामका लागि दुई वर्ष बस्न चाहेको खबर छ ।
तर रियल अध्यक्ष पेरेजले भने नेइमारलाई दुई सय २२ मिलियन पाउण्ड तिरेर विश्वको महंगो खेलाडी तथा बर्नाबेउको प्रमुख खेलाडी बनाउन तयार रहेको भन्दै आउँदो सिजन नै क्लब आउन आग्रह गरेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया