Bisal Chautari Logo

बस दुर्घटना हुदा १७ घाइते, ४ जनाको अवस्था गम्भीर

- ११ पुष २०७४, मंगलवार ०९:५८ मा प्रकाशित


Bus accident
विशाल चौतारी समाचार
काटमाडौँ ,२०७४ पुस ११ मंगलबार । काठमाडौंको मैतीदेवीस्थित सेतोपुलमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । सिटी यायातायतको बा२ख ८७३३ नम्बरको बस ट्रान्समिटर जडान गरेको बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो ।
बिहान सवा ३ बजे पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ आउँदै गरेको सो बस पोलमा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा घाइते ८ जनाको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ । ती मध्ये ४ जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरु कालिमाटीबाट तरकारी लिएर जाँदै थिए । घटनापछि चालक भने फरार रहेको अनामनगर प्रहरी वृत्तले जानकारी दिएको छ ।

प्रतिक्रिया