Bisal Chautari Logo

वाम गठबन्धनको नयाँ सरकार गठन र पार्टी एकताको छलफल हुने

- ११ पुष २०७४, मंगलवार ०९:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ११ मंगलबार । नेकपा ऐमाले र माओवादी केन्द्रले आज छलफल गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएपछि संयुक्त बैठक बस्ने तयारी गरिएको छ ।

                                                                                                                                                     फाइल फोटो

प्रचण्ड गृहजिल्ला चितवनबाट राजधानी फर्किएपछि एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी गरिएको छ । भेटवार्तामा राष्ट्रियसभा गठनको विवाद समाधान, नयाँ सरकार गठनको तयारी, एमाले९माओवादी पार्टी एकीकरणको गृहकार्यलगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसैगरी प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाका अनुसार प्रचण्ड दिउँसो तीन बजे चितवनबाट काठमाडौं आउँदैछन् । त्यसपछि भेटवार्ता र बैठकको तयारी भइरहेको छ । उनले काठमाडौं फर्किएलगत्तै ओलीसँग भेटवार्ता हुने पक्का भए पनि समय र स्थान निश्चित नभएको बताए ।

प्रतिक्रिया