Bisal Chautari Logo

मेलोडी क्विन मेलिनाको ’इन्द्रेणीको’ गीतमा शानको उत्कृष्ट निर्देशन (भिडियो हेर्नुहोस्)

- ८ पुष २०७४, शनिबार १७:१६ मा प्रकाशित


Melina Rai song Indreniko direction by Shann Thapa
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ पौस ८ शनिबार । पछिल्लो समय नेपाली गीतसंगीतको म्युजिक भिडियोलाई चलचित्रमा भन्दा बढी मेहनतका साथत तयार पार्न थालिएको छ । यसै मध्येको एक गीतको म्युजिक भिडियो हो ’इन्द्रेणीको’ बालको गीतको ।
मेलोडी क्विन पछिल्लो समयकी पपुलर गायिका मेलिना राईको स्वर रहेको भिडियोलाई उनकै च्यानल मार्फत रिलिज गरिएको छ । इन्द्रेणी एल्बममा समावेश यस गीतमा शब्द दियालो सुशन माँझीको रहेको छ भने यसलाई उत्तम जंग लिम्बुले संगीत भरेका छन् ।
फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको छ । शान थापा निर्देशित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडी फिचरीङ छन् । फिल्ममा नदेखिएको जोडीलाई भिडियोमा देखाएको निर्देशन थापा बताउछन् । गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ । विशेष गरि गीतको ड्रेसले चर्चा पाएको छ ।
गीतमा नीता र निराजनको ड्रेसमा ध्यान दिईएको छ । अन्य भिडियो भन्दा फरक बनाउन निर्देशक थापाले कमल मानन्धरको डिजाइनमा रहेको ड्रेसमा निराजन र नीतालाई प्रस्तुत गरेका छन् । कल्पनाको संसारमा प्रस्तुत हुदा यस किसिमको ड्रेसमा निराजन र नीता प्रस्तुत भएका हुन् । राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन् । मनोज जोशी प्रोडक्सन म्यानेगर रहेको यस गीतको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।
मेलिना राई गायिका ( गीतमा विशेष गरि मायालुको कल्पनालाई प्रस्तुत गरिएको छ । शब्द र संगीतकै हिसाबमा गीतलाई गाएकी हुन् । एउटी सुन्दरीले आफुलाई परि सम्झिदै गर्दा कस्तो राजकुमार चाहन्छे भन्ने भावना गीतमा व्यक्त गरेका छौ । साथै भिडियोमा पनि यसलाई नै देखाउने प्रयास गरेका छौ ।
शान थापा , निर्देशक ( गीतलाई अन्य भन्दा फरक बनाउन सम्पूर्ण टीमनै लागेका थियौ । गीतले प्रेम भाव व्यक्त गर्ने भएकोले युवतीले कल्पना गर्ने राजकुमारलाई देखाउने प्रयास गरेका छौ । कल्पनामा युवतीले आफुलाई परिको रुपमा चित्रण गर्ने भएकोले त्यस किसिमकै ड्रेसलाई प्रयोग गरेका छौ । विशेष गरि यी दुईको मनलाई पुष्पसंग तुलना गर्दै त्यस्तै किसिमको ड्रेसमा प्रस्तुत गरेका छौ । गीतले चोखो मायाको भावनालाई व्यक्त गरेको छ ।

Indreniko | Melina Rai | Latest Music video Song 2017 | |Feat: Nirajan & Neeta


Tauwa Creation Presents “Indreniko”
Album: Indreni
Singer: Melina Rai
Lyrics: “Diyalo” Susan Majhi
Music: Uttam Jung Limbu
Arranger: Phanindra Rai
Studio: A-One Musician Studio
Featuring : Nirajan Pradhan / Neeta Dhungana
Dress Design : Kamal Manandhar
MUA: Bimala Tamang
Choreography : Rajiv Samar
ADC: Om Prasai
Production Manager: Manoj Joshi
Camera: Arjun Tiwari And Team
Visual Editor/Color: Suprim Parajuli
Direction: Shann Thapa

प्रतिक्रिया