Bisal Chautari Logo

लव परेको छ भने याद गर्नुहोस हुनेवाला जीवनसाथिको यी कुराहरुमा ध्यान दिनु पर्छ

- ८ पुष २०७४, शनिबार १२:३४ मा प्रकाशित


If there is a love, you should pay attention to these things
एजेन्सी।
काठमाडौँ ,२०७४ पुस ८ शनिवार । विवाह भएपछि मानिसको नयाँ जीवनको सुरुवात हुन्छ भनिन्छ । तर यदि तपाईंले आफ्नो लागि सहि जीवनसाथी रोज्नुभएन भने तपाईंको जीवन नयाँ भएपनि तनावपूर्ण हुनसक्छ । त्यसैले बिवाह गर्नुहअघि तपाईंकी हुनेवाली जीवनसाथिको बारेमा कुरामा ध्यान दिनु पर्ने कुराहरु यी हुन ।

                                                                                                                            फाइल फाेटाे 

१. आत्मनिर्भर
तपाईंको हुने्वाला जीवनसाथी आत्मनिर्भर हुनु जरुरी छ । कारण विवाह पछि बढ्ने तपाईंको जिम्मेवारी उनले पनि कुशलतापूर्वत सम्हाल्न सकुन् । उनको प्रवेशले तपाईंको जीवनमा सबै कुरा पहिलेभन्दा राम्रो होस् । स–साना कुरामा पनि अरुको भर पर्छिन् भने सोच्नुहोस् की तपाईंको जीनवमा सहयात्री नभई बोझ बन्न सक्छिन् ।
२. इमोशनल अत्याचार
तपाईंसँग स–साना कुरामा पनि झगडा गर्छ वा कुनै पनि विषयमा इमोसनल अत्याचार गर्छ भने विवाह पश्चात यो श्रृंखला अझै बढ्ने निश्चित छ । किनकी बिवाह आपसी सुःखका लागि हो अनावश्यक तनावका लागि होइन ।
३. तीतो व्यवहार
व्यवहार तपाईंसँग मात्र नभएर सबैसँग तीतो छ भने तपाईंले सम्बन्ध अगाडी बढाउने या नबढाउने भन्ने विषयमा सोच्नैपर्ने हुन्छ ।
४. झुट बोल्ने बानी
बोलीपिच्छे झुट बोल्छन् भने विचार पुर्याउनुहोस् यही बानी बिवाहपछि पनि रह्यो भने तपाईंको सम्बन्ध यसैका कारण बिग्रिनसक्छ ।
५. चेन्ज हुन आग्रह
तपाईंलाई हरेक विषयमा परिवर्तन हुन सुझाउछन् भने विवाहपूर्व यस बारेमा पनि तपाईंले एकपटक सोच्नैपर्ने हुन्छ । किनकी के थाहा उनले कुनैदिन तपाईंलाई यसैको बाहानामा एक्लै पारिदिन पनि सक्छिन् ।

प्रतिक्रिया