Bisal Chautari Logo

चीनामा यसरी दिन्छ सबैभन्दा बढी मृत्यु दण्डको सजाय

- ८ पुष २०७४, शनिबार १२:१५ मा प्रकाशित


Death penalty in China is the highest
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ८ शनिवार । मृत्यु दण्डको सजाय संसारका विभिन्न देशमा रहिआएको छ । कैयौं देशमा मृत्यु दण्डमा रोक पनि लगाइएको छ ।
छिमेकी देश चीनमा संसारमा सबैभन्दा बढी मृत्यु दिने गरिएको एम्नेष्टी इन्टरनेशनलको रिपोर्टले देखाउँछ । यहाँ वर्षेनी १ हजार भन्दा बढी मानिसले मृत्यु दण्ड पाउँछन् । अर्थात दैनिक कम्तिमा पनि ३ जनालाई यहाँ मृत्यु दण्ड दिइन्छ ।
चीनमा १ अरव ३६ करोड भन्दा बढी जनसंख्या छ । चीनमा हरेक अपराधमा कडा सजाय छ । चीनमा मृत्यु दण्ड दिँदा झुण्डयाउने तथा ग्यास च्याम्बर, गोली हान्ने देखि विषाक्त सुइ समेत दिने गरिन्छ ।

प्रतिक्रिया