Bisal Chautari Logo

रोनाल्डोे तनावमा, कारण यस्तो छ

- ८ पुष २०७४, शनिबार १२:०० मा प्रकाशित


Ronaldo stresses, because of this
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ८ शनिवार । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिड र बार्सिलोनाबीच आज साँझ प्रतिस्पर्धा हुँदैछ। रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा बेलुकी पौने ६ बजे प्रतिस्पर्धा हुने भएको छ।
बार्सिलोनाले रियल मड्रिडलाई आज गार्ड अफ अनर अर्थात विशेष सम्मान नदिने भएको छ ।
रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले गार्ड अफ अनर देओस भन्ने चाहेका थिए । तर यसअघि नै रियल मड्रिडलाई गार्ड अफ अनर नदिने स्पष्ट पारेको थियो ।
यो सिजनको सुरुमा पनि रियलले गार्ड अफ अनर पाएको थिएन । रियलले म्यानचेस्टर युनाइटेडलाई हराएर युरोपेली सुपर कपको उपाधि जितेपछिको खेल बार्सिलोनाको मैदान क्याम्प नाउमा खेलेको थियो ।
च्याम्पियन्स लिग वा ला लिगा विजेताले मात्र गार्ड अफ अनर पाउँने भन्दै बार्सिलोनाले रियल मड्रिड अहिले गार्ड अफ अनरको हकदार नभएको दावी गरेको छ ।
सन् २००८ को एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई गार्ड अफ अनर सम्मान दिएको थियो । त्यतिबेला रियल ला लिगा च्याम्पियन थियो ।

प्रतिक्रिया