Bisal Chautari Logo

यो ठाँउमा गएर छानीछानी युवती किन्नहोस, दुलही किन्ने मेला लाग्छ

- ८ पुष २०७४, शनिबार १०:३० मा प्रकाशित


Bridal Corner Fair
एजेन्सी
काठमाडौँ ,२०७४ पुस ८ शनिवार । बुल्गेरियाको स्टारा जागोर नामक शहरमा हरेक ३ वर्षमा दुलही किनबेच हुने बजार लाग्दै आएको छ । उक्त बजारमा गएर विवाह योग्य पुरुषले आफ्ना लागि दुलही छान्न सक्छन् ।
त्यसका लागि सम्बन्धित परिवारले तोकेको मुल्य तिरेपछि आफुले रोजेकी दुलही पाउनु पाउँछन् । विवाह गर्न सजिलो होस भनेर यस्तो मेलाको आयोजना गरिएको हो । कालान्तरमा यो प्रचलन एउटा सस्कारको रुपमा स्थापित भएको छ । जुन अहिले सम्म पनि निरन्तर चलिरहेको छ । उक्त बजारमा उपलब्ध दुलहीहरु सजिसजाउ भएर पुग्छन् भने दुलही किन्ने दुलाहले सम्भव भएसम्म आफुसमानको अन्यथा आफू भन्दा २ देखि ५ वर्षसम्म कम उमेरकी दुलही मात्र किन्न सक्छन् ।
दुलही किन्ने यो मेलामा दुलाहा दुलही दुवैको परिवार उपस्थित हुनुपर्दछ । दुवैले एक अर्कालाई मन पराउने पर्ने सर्त हुन्छ । त्यसपछि दुलही छानिन्छ, छानिएकी दुलहीको मूल्य तय हुन्छ र उनिहरुको विवाहको तिथि निर्धारण गरिन्छ । यो बजारमा बुल्गेरियाको आदिबासी कलाइदझी समुदायका युवायुवतीहरुमात्र सहभागी हुन्छन् । उक्त समुदायबाहेक अरुले दुलही किन्न पाउँदैनन् ।

प्रतिक्रिया