Bisal Chautari Logo

प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथ खाए पछि मात्र विवाह गर्ने – शेरधन राई

- ७ पुष २०७४, शुक्रबार १२:४८ मा प्रकाशित


Sharman Rai, who married only after eating the chief minister’s oath
विशाल चौतारी समाचार
विराटनगर,२०७४ पुस ७ शुक्रवार । एमाले नेता एवं पूर्व सूचना तथा संचार मन्त्री शेरधन राईले प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथ लिएपछि मात्र आफुले विवाह गर्ने बताएका छन् ।
विराटनगरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले आफू लहड नभई मुख्यमन्त्रीको पूर्ण तयारी भएपछि प्रदेशसभामा उम्मेदवार बनेको बताउँदै भने, ‘प्रदेशसभाको मुख्यमन्त्रीको सपथ लिएपछि प्रदेश विकासको खाकासहितको कार्यक्रम घोषणा गर्छु अनि मात्र विवाह गर्छु ।’उनुले अहिले सम्म छवी बिग्रने कुनै काम नगरेको र संविधानसभामा जिम्मेवार समितिको सभापति भई काम गरेकोले मूख्य मन्त्रीको दाबेदार भएको जिकिर गरे ।
प्रदेश नम्बर १ मा वाम गठबन्धनले नै बहुमतको सरकार बनाउने भएकाले मुख्यमन्त्री पदमा दाबी गरेका र पार्टीमा ठूलो पदमा रहेका व्यक्तित्वको व्यवस्थापन पार्टीकै भएको चर्चा गरे । उनले मुख्यमन्त्रीको विषय पार्टीको स्थायी समितिका जाने र जिम्मेवारी दिने प्राविधिक विषय भएको पनि स्पष्ट गरे ।

प्रतिक्रिया