Bisal Chautari Logo

क्याम्पसका विद्यार्थीहरुको ग्याङ फाइड, एक विद्यार्थी गम्भीर घाईते

- ७ पुष २०७४, शुक्रबार १२:३१ मा प्रकाशित


Deep fide of Campus students, one student seriously injured
विशाल चौतारी समाचार
वीरगञ्ज,२०७४ पुस ७ शुक्रवार । क्याम्पसका विद्यार्थीहरुको ग्याङ फाइड हुदा एक विद्यार्थी गम्भीर घाईते भएका छन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको समूहको झडप परपेको हो । आक्रमणमा परी वीरगञ्ज राधेमाई १३ बस्ने रोशन यादव घाईते भएका हुन् ।
विद्यार्थीहरुको समूहको आक्रमणबाट गम्भीर घाईते भएका रोशन यादवलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगन्जको गण्डक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
क्याम्पसको कक्षा कोठामा बस्ने सिटको विषयलाई लिएर विवाद भएको थियो । अर्को पक्षले समूह बनाएर यादवलाई आक्रमण गरेर घाईते बनाएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक अनिष कर्णले जानकारी दिनुभयो । आक्रमणमा संलग्न एकजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया