Bisal Chautari Logo

एक हजार छ सय लडाकू मारिए

- ६ पुष २०७४, बिहीबार १३:२२ मा प्रकाशित


Kill one thousand six hundred fighter
एजेन्सी
काबुल । २०७४ पुस ६ बिहिवार । काबुल । सरकारी सुरक्षाकर्मीहरूको कारबाहीमा परी अफगानिस्तानमा गत नौ महिनामा एक हजार ६०० भन्दा धेरै जना स्लामिक स्टेट आइएस आवद्ध लडाकूहरू मारिएका छन् ।
अफगानिस्तानको स्थानीय समाचार संस्था पझवकले मारिनेमध्ये तीन सय जना उनीहरूका कमाण्डर भएको समाचार बिहीबार प्रेषित गरेको छ । रक्षा मन्त्रालयका प्रवक्ता डावलाट वाजिरीले यस अवधिमा आठ हजार पाँच सय जना घाइते भएको पनि जानकारी दिए ।
अफगानिस्तानका विभिन्न ठाँउमा बिगत दुई बर्ष देखि आईएस लडाकूहरूले सरकारी सुरक्षाकर्मी विरुद्ध आक्रमण गर्दै आइरहेका छन् । उनीहरूलाई निर्मुल पार्न भन्दै सरकारी सुरक्षा निकायहरूले पनि निरन्तर सुरक्षा कारबाही चलाइरहेका छन् । विषेश गरेर देशको पूर्वी नान्गाहार प्रान्त र उत्तरी क्षेत्रको पहाडी भागहरूमा सरकारी सुरक्षाकर्मी र आइएस लडाकूबीचको द्वन्द्व चलिरहेको छ ।

प्रतिक्रिया