Bisal Chautari Logo

प्रचण्डलाई मोदीको बधाई, बधाई दिनको कारण यस्तो छ

- ६ पुष २०७४, बिहीबार १२:४१ मा प्रकाशित


Prachanda congratulated Modi
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ६ बिहिवार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई आज टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिएका छन् ।
अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले आज अपराह्न ४ः३० बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिएको हो ।
सो क्रममा अध्यक्ष दाहालले आफूलाई बधाई दिएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएको थियो । टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको जनाइएको छ । रासस

प्रतिक्रिया