Bisal Chautari Logo

दक्षिण कोरियाको सपिङ मलमा आगलागी, १६ को मृत्यु १० जना घाइते

- ६ पुष २०७४, बिहीबार १२:३० मा प्रकाशित


South Korea’s fishing mills fire
एजेन्सी
काठमाडौँ ,२०७४ पुस ६ बिहिवार । दक्षिण कोरियाको जेजनस्थित एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् ।
आगो नियन्त्रणका लागि २० वटा अग्नि नियन्त्रक र ५० भन्दा बढी तालिमप्राप्त फायरफाइटर्स पठाइएको अधिकारीहरुले जनाएका छन्। आगो नियन्त्रणमा आएको छैन।
पार्किङमा राखिएको गाडीबाट आगो सुरु भएको कोरियाको अग्नि नियन्त्रक संस्थाले जनाएको छ । उक्त मलको दोस्रो तल्लामा पब्लिक साउनासमेत रहेको बताइएको छ।

प्रतिक्रिया