Bisal Chautari Logo

सन्ध्याको बियोगमा कुशल || ‘ह्याप्पी न्यू इयर’को ‘मुटु दुखाउछ मायाले’ गीत सार्वजनिक (भिडियो सहित)

- ४ पुष २०७४, मंगलवार १९:२१ मा प्रकाशित


Sandhya KC and Kushal Thapa movie HAPPY NEW YEAR Song 2017
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ पौष ४ मंगलबार । एकसाथ चलचित्र ‘ह्याप्पी न्यू ईयर’ अभिनय गरेका अभिनेता कुशल थापा र अभिनेत्री संध्या केसी बीच बियोग देखिएको छ । निर्माण युनिटले गत सोमबार एक कार्यक्रम सहित सार्वजनिक गरेको ‘मुटु’ बोलको गीतमा यी दुबैको बियोग देखाइएको हो ।
किरण माइकलको शब्द तथा संगीत, सनुप पौडेलको स्वर रहेको चलचित्रको यो बियोगान्त गीतमा कुशल र सन्ध्याको अलवा पुकार गौतम समेतको अभिनय रहेको छ । १४ पुसबाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी न्यू ईयर’ले अहिले आफ्नो प्रचारलाई ब्यापक बनाइरहेको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको चलचित्र देवकुमार श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।
अंग्रेजी नयाँ वर्ष सन् २०१८ लक्षित गरिएको चलचित्रलाई लिएर कलाकार कुशल थापा निकै आशवादी देखिएका छन् । आधा दर्जन चलचित्रमा अभिनय कौसल देखाएका कुशलले ‘ह्याप्पी न्यू इयर’मा लगानी समेत गरेका छन् । चलचित्रको प्रचार प्रसारलाई आक्रामक बनाउन निर्माण यूनिट आजबाट मोफसलको दौडमा निस्कने निर्माता रति थापाले बताइन् ।
– कार्यक्रममा अभिनेता कुशलले ‘ह्याप्पी न्यू ईयर’ राम्रो बनेको दाबी गर्दै चलचित्रले ब्यवसाय पनि गर्ने बताए ।
–अभिनेत्री सन्ध्याले पनि चलचित्र राम्रो बनेको भन्दै यसपटकको नयाँ वर्ष ‘ह्याप्पी न्यू ईयर’ हेर्दै मनाउन दर्शकलाई आग्रह गरेकी छन् ।

Mutu – New Nepali Movie HAPPY NEW YEAR Song 2017 Ft. Kushal Thapa, Sandhya KC, Pukar Gautam


Casts: Kushal Thapa, Sandhya KC, Pukar Gautam
Music Director: Binod Dhakal, Tanka Budathoki, Kiran Michel
Make Up: Swikriti Gurung, Rekha Karki
Publicity Designer: Shann Thapa
Photographer: Satish Shrestha
Line Producer: Manoj Adhikari (Alp Entertainment)
Story: Kushal Thapa
Background Music: Tsujil Karmachayra
VFX: Glaze Entertainment
Theatrical Trailer: Krishna Bhandari
Screenplay/Dialogue: Dev Kumar Shrestha
Releasing on 29th December 2017, 14 Paush 2074

प्रतिक्रिया