Bisal Chautari Logo

बस दुर्घटना हुदा १४ जना घाईते

- ४ पुष २०७४, मंगलवार १२:४८ मा प्रकाशित


विशाल चौतारी समाचार
लहान ,२०७४ पुस ४ मंगलवार । बस दुर्घटनामा परी १४ जना घाइते भएका छन् । मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा यात्रुबाहक बस दुर्घटना हो ।
                                                                                                                        फाइल फोटो

काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी मिर्चैयाका प्रहरी सहायक निरीक्षक सतेन्द्र यादवले जानकारी दिएका छन् । बस दुर्घटना भएलगत्तै फरार भएका चालकको खोजी भइरहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया