Bisal Chautari Logo

चौथौ नमुना बस्ती निमार्णका लगी धुर्मुस–सुन्तलीलाई अस्ट्रेलियाबाट ३२ लाख सहयोग

- ४ पुष २०७४, मंगलवार ०८:५२ मा प्रकाशित


32 million collaboration to Dhurmus-Suntali
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस ४ मङ्गलवार । तीनवटा नमुना बस्ती निर्माण गरी सकेका हास्या कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’का लागि अस्ट्रेलियाबाट ३२ लाख सहयोग जुटेको छ । चौथौ नमुना बस्ती निमार्णका लागि उनीहरूलाई अस्ट्रेलियाको पर्थबाट ४० हजार डलर (करिब ३२ लाख रुपैयाँ) सहयोग जुटेको हो ।
आफ्नो नमुना बस्तीकै लागि रकम संकलन गर्ने कार्यक्रममा सहभागी बन्न धुर्मुस सुन्तली अस्ट्रेलिया आएका थिए । अस्ट्रेलियाको पर्थमा रहेको वि केयर नेपाल पर्थ अस्ट्रेलिया नामको संस्थाको पहलमा उनीहरूलाई उक्त सहयोग रकम जुटाइएको हो ।
अहिले अस्ट्रेलियामा रहेको नेपाल आइडलको टोलीको कार्यक्रमबाट १५ हजार डलर र २५ हजार संस्थाबाट आयोजित विभिन्न कार्यक्रमबाट संकलित रकम जम्मा गरेर ४० हजार डलर उनीहरूलाई सहयोग दिइएको हो । संस्थाका कमल सिलवालले सहयोग रकम संकलनको कार्य अझै जारी रहेकाले सहयोग रकम अझ बढ्ने सक्ने जानकारी दिए ।

प्रतिक्रिया