Bisal Chautari Logo

दाइजो नल्याएको भन्दै घरबाट निकालेर गोठमा बास

- ३ पुष २०७४, सोमबार १०:३६ मा प्रकाशित


Take out the house and sit in the dungeon because of not being daisy
विशाल चौतारी समाचार
उर्लाबारी,२०७४ पुस ३ सोमवार । उर्लाबारी–२ भुसीकी गीता पौडेललाई विवाह गरेर ल्याएको ७ महिनामा नै घर निकालागरीएको छ । मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिलालाई घरबाट निकाला गरिएको हो । १८ वर्षीय गीताको गत वैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।
तुलबहादुर र घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुलबहादुरको निधन भएपछि सासु र श्रीमान्ले उनलाई मानसिक यातना दिन थालेका थिए । पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैसीगोठमा राखेका थिए ।
पीडित गीताले माइतमा फोन सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरिन् । उता, छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ । हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् ।

प्रतिक्रिया