Bisal Chautari Logo

उत्तर कोरियाको लागि काम गरेको आरोपमा अस्ट्रेलियामा एक पक्रउ

- ३ पुष २०७४, सोमबार ०६:०४ मा प्रकाशित


One of Australia’s arrested accused of working for North Korea
एजेन्सी
सिड्नी,२०७४ पुस ३ सोमवार । उत्तर कोरियाको लागि काम गरेको आरोपमा ५९ वर्षीय चान हान चोईलाई अस्ट्रेलियाको सिड्नी शहरबाट पक्राउ गरेका छन् । उनले कोरियाको ‘आर्थिक एजेन्ट’ का रुपमा काम गरिरहेको अस्ट्रेलियाको फेडरल प्रहरीको दाबी गरेको छ ।
उनलाई अस्ट्रेलियाबाट अवैद्य निर्यातको सौदाबाजी गरेको र व्यापक विध्वंशक हतियारको आपूर्तिसँग जोडिएकोे आरोप लगाइएको छ । प्रहरीका अनुसार उनले संयुक्त राष्ट्र संघ र अस्ट्रेलियाले लगाएको प्रतिबन्धनको उल्लंघन गरेका छन् । ३० वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका चानविरुद्ध दर्ता गरिएको मुद्दा अस्ट्रेलियामा यस प्रकारको पहिलो हो ।
अस्ट्रेलियाले सन् १९९५ मा व्यापक विध्वंशक हतियार रोक्नका लागि कानून बनाएको थियो । तर, यसमा पहिलो पटक कसैबिरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
अस्ट्रेलियाको प्रहरीका अनुसार चान उत्तर कोरियाका उच्च अधिकारीहरुको सम्पर्कमा थिए । चानले उत्तर कोरियाको हतियार कार्यक्रमका लागि सौदाबाजी गरेको आरोप लगाइएको छ । यसमा बालिस्टिक मिसाइल टेक्नोलोजीको बिक्रीसमेत सामेल छ ।
उनीमाथि उत्तर कोरियाको कोइला इन्डोनेसिया र भियतनामका खरिदकर्ताहरुलाई बेच्न सौदाबाजी गरेको पनि आरोप लगाइएको छ । शनिबार राती चानलाई उनको घरबाट पक्राउ गरिएको थियो । उनीमाथि कूल ६ वटा आरोप लगाइएको छ ।
आइतबार पत्रकार सम्मेलनमार्फत प्रहरीले चान अस्ट्रेलियाली नागरिक भएको र पछिल्ला ३० वर्षदेखि यहाँ बसोबास गर्दै आइरहेको जानकारी दिएको थियो । चानलाई यस मामिलामा १० वर्षसम्मको जेल सजाय हुनसक्छ । हाल उनलाई जमानत दिन अस्वीकार गरिएको छ ।

प्रतिक्रिया