Bisal Chautari Logo

समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक हुँदै, कस्को कति मत ?

- २ पुष २०७४, आईतवार ०९:२६ मा प्रकाशित


politicall news 
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २ आइतवार । मंसिर १० र २१ दुइ चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगाणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
जारी मतगणनाको परिणाम अनुसार अहिलेसम्म नेकपा एमालेले ३१ लाख ६१ हजार, नेपाली कांग्रेसले ३१ लाख ११ हजार, नेकपा माओबादी केन्द्रले १२ लाख ९५ हजार मत पाएको छ ।
संघीय समाजवादी फोरमले ४ लाख ५६ हजार, राजपाले ४ लाख ४५ हजारमत पाएका छन् । आयोगका अनुसार यिनै चार दलमात्र अब राष्ट्रिय दल बन्ने छन् ।
विकेकशील साझा पार्टीले २ लाख ११हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले ८७ हजार, नयाँ शक्ति पार्टीले ८० हजार र राष्ट्रिय जनमोर्चाले ६२ हजार मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया