Bisal Chautari Logo

एसीसी यू-१६ क्रिकेटको उपाधि नेपालले जित्यो

- २ पुष २०७४, आईतवार ०८:५४ मा प्रकाशित


Nepal won the title of U-16 cricket
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २ आइतवार । नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका उपाधि हात पारको छ । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१.५ ओभरमा अलआउट हुँदै ११२ रनमात्रै बताए ।
बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको थियो । नेपालका लागि सूर्य तामाङ र अजय कुमार लोनियाले समान ३–३ विकेट लिए ।
सिंगापुरका लागि साइ हर्ष भेनुगोपालले ३१, आर्नभ वाध्वाले २१ र राओल शर्माले १५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । दोस्रो ओभरमा ओपनर कुशल मल्ल खाता नखोली आउट भएपछि आएका सुवार आयरले २२ रन जोडे । अर्का ओपनर राजन मगर दुर्भाग्यपूर्वक रनआउटको शिकार हुँदा नेपालले ५.३ ओभरमा २१ रनमात्र जोडेको थियो ।
त्यसपछि आएका कप्तान बिशाल केसीले ६३ रनको शानदार पारी खेले । ७९ बल खेलेर उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तृप्तराज दाशले १९ र सुनील भण्डारीले १५ रन नेपालको खातामा जोडे ।
सिंगापुरका लागि इशान सवनीले २ विकेट लिए । उपाधि उचालेको नेपालले प्रतियोगिताको कुनै पनि खेलमा हार ब्यहोर्नु परेन ।

प्रतिक्रिया