Bisal Chautari Logo

हेलिकप्टर दुर्घटनामा परि राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

- २ पुष २०७४, आईतवार ०६:५७ मा प्रकाशित


Death to 6
एजेन्सी
होन्डुरस,२०७४ पुस २ आइतवार । हेलिकप्टर दुर्घटनामा परि होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको मृत्यु भएको छ । होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त बनेको रोयटर्सले जनाएको छ ।
                                                                                                                     फाइल फोटो

हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए ।
उडान भरे लगत्तै सेनाले विमान हराएको जानकारी दिएको थियो । पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ ।
राष्ट्रपतिको नेसनल पार्टीका प्रमुख रेयनाल्डो सान्चेजले हिल्डालाई ‘पार्टीको अथक योद्धा’ को संज्ञा दिँदै उनको चिर आत्माको शान्तिका लागि प्राथना गरेका छन् ।

प्रतिक्रिया