Bisal Chautari Logo

५० लाखको अफर आउदा, अनमोल यसो भन्छ

- १ पुष २०७४, शनिबार ०४:२६ मा प्रकाशित


Offer  50 million to Anmol Kc
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २९ शुक्रवार । नेपालको सुपरस्टार अनमोल केसि झन्डै डेढ वर्षपछि फिल्म ’कृ’मार्फत आएका छन् । माघ २६ गतेलाई ’कृ’को रिलिज मिती तोकेको छ ।
                                                                                                                         फाइल फोटो

चार फिल्मबाट आफूलाई सुपरस्टारको रुपमा उभ्याएका अनमोल नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका थिए ।
अनमोललाई केहीदिन यता नेपाली निर्माताहरुले ५० लाखसम्म अफर गरेको चर्चा सिनेवृतमा छ । सुनिल कुमार थापा, छविराज ओझाका छोरा साकार ओझा, ’झ्यानाकुटी’ निर्देशक सिमोस सुनुवार, ’कृ’ निर्देशन सुरेन्द्र पौडेल लगायतका निर्माता तथा निर्देशकले अनमोललाई ५० लाखसहित फिल्म अफर गरेका थिए ।
तर, यस विषयमा मौन रहेका अनमोलले शुक्रवार आफू अभिनीत फिल्म ’कृ’को ट्रेलर रिलिज कार्यक्रममा मुख खोले । पत्रकारको प्रश्नको जवाफ दिँदै अनमोलले भने, ‘हो, म सधै यस्ता कुराहरुमा मौन नै रहने गर्छु । मलाई के लाग्छ भने म आफू कामले प्रमाणित गर्न चाहन्छु । पैसा मेरो लागि फिल्मको कथा वस्तुभन्दा ठूलो होइन । यदी पैसाकै लागि मैले फिल्म गर्ने भए एक वर्षमा मेरो एउटा मात्र फिल्म हलमा आउँदैन थियो ।’
उनले अगाडि भने, ‘मलाई कथा नै मन पर्नुपर्छ । बजारमा मलाई ५० लाख अफर गरिएको खबर आएको थियो त्यो सत्य हो । अझै पनि ४र५ जना व्यक्ति ५० लाखको अफरसहित आउनुभएको छ । तर म पैसाका लागि फिल्म गर्दिन ।’
उनी चाँडै ’ऐश्वर्य’ फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ’क्याप्टेन’मा काम गर्दैछन् । यो फिल्ममा अनमोल भुटबल खेलाडीको भूमिकामा प्रस्तुत हुँदैछन् ।

प्रतिक्रिया